त्रिभुवन बिमानस्थलमा प्रभु बैंकको एटीएम



काठमाडौं । प्रभु बैंक मंगलबारदेखि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त एटिएमको उद्घाटन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले गरे ।

विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्ने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


पुष्प दुलाल