अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा टेलिकमको अफर



काठमाडौँ। नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियत प्रदान गर्ने भएको छ ।

नेपाल टेलिकमद्धारा जारी प्रेस विज्ञप्तिमा कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर बुधबार (फागुन २५) देखि गतेदेखि तीन महिनासम्म कायम रहने उल्लेख छ ।

अफरअन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । फेसबुक प्याकेजअन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म २४ घन्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ ।

डे एण्ड नाइट डाटा प्याकेजअन्तर्गत १०० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने बताइएको छ ।

नाइट डाटा प्याकेजअन्तर्गत ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु