रातो रंगले रंगियो नेप्से, कसले कमाए, कसले गुमाए ?



काठमाडौं । विगत केही दिनदेखि सुधारउन्मूख देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.८५ अंकले घटेको छ । साताको तेस्रो दिन सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक १३४१.५६ अंकमा झरेको हो ।

मंगलबार नेप्सेमा १ सय ४० कम्पनीका ७ लाख ९४ हजार कित्ता सेयरको कारोबार भएको छ । ४१ करोड ९६ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सबै समूहको परिसूचक रातो रंगले पोतिए । होटल ४२.४४, वित्तीय ०.६३, बैकिङ १९.८, विकास बैंक १४.८२, जलविद्युत ७.३, बीमा ७४.७४, अन्य २.८९ र उत्पादन मुलक ७.४५ अंकले घटेका छन् ।

सबैभन्दा बढी कमाउने लगानीकर्तामा नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ता छन् । नयाँ नेपालका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा हिमालयन डिस्टिलेरीका लगानीकर्ता छन् । हिमालयनका लगानीकर्ताले ५.५१ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल