जेठ २७ र २८ गते कोरियाको भाषा परिक्षा हुने



काठमाडौं । इपिएर प्रणालीमार्फत् कोरिया जाने कामदारका लागि आगामी जेठ २७ र २८ गते भाषा परिक्षा हुने भएको छ । आगामी वर्ष कोरियाले १० हजार कामदार लाने घोषणा गरिसकेको छ । त्यसका लागि भाषा परिक्षा खुलेको हो ।

जसमध्ये ६२ सय कृषिमा र ४ हजार उत्पादनमूलक क्षेत्रमा लैजाने कोरियाले जनाएको छ ।

कोरियाले नेपालीहरुलाई भाषा परिक्षा गराएर कामदार लाँदै आएको छ । यो वर्षकोभन्दा कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा बढाएको हो ।

इपिएस शाखाका अनुसार आगामी वर्षका लागि यही चैत ९ गतेदेखि १८ गतेसम्म भाषा परिक्षाका लागि आवेदन फारम लिइने छ ।

परिक्षामा उत्तिर्णहरु सन् २०१८ मा कोरिया जान पाउने छन् ।


पुष्प दुलाल