नेपाल पश्मिना उद्योग संघको नेतृत्वमा दुर्गा विक्रम थापा



काठमाडौं। नेपाल पश्मिना उद्योग संघको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको  छ ।  सभाले आगामि तीन वर्षकालागी अध्यक्षमा  दुर्गा विक्रम थापालाई निर्वाचित गरेको छ ।

निर्वाचित तेह्र सदस्यीय केन्द्रिय कार्यसमितीमा नव निर्वाचित अध्यक्ष दुर्गा विक्रम थापा, निवर्तमान अध्यक्ष पुष्पमान श्रेष्ठ, उपाध्यक्ष विजय कुमार दूगड निर्वाचित भएका छन् ।

त्यसैगरि महासचिवमा  चिरन्जीवि काफ्ले , सचिवमा धनप्रसाद  लामिछाने , कोषाध्यक्षमा कमलराज विष्ट रहेका छन भने सदस्यहरुमा क्रमशः गीत श्रेष्ठ, नेत्रराज गिरी, नवदत्त  काफ्ले, कृष्ण प्रसाद पंगेनी , दिनेश कुमार श्रेष्ठ र गणेश कुमार खड्का रहेको पश्मिना उद्योग संघले जनाएको छ ।

‘पश्मिनाको विकास र विस्तारमा  राज्यले ध्यानदिने हो भने हाम्रो नेपाली व्राण्डको च्याङ्ग्रा पश्मिनालाई विश्व वजारमा पु¥याउन हामी सफल हुनेछौँ,’ संघका नव निवार्चित अध्यक्ष थापाले भने ।


क्लिकमान्डु