देश अब उज्यालो युगमा प्रवेश गरेको प्रधामन्त्रीको घोषणा




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले देश अब उज्यालो युगमा प्रवेश गरेको बताएका छन् । देशबासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जेठदेखि लोडसेडिङ देशभर नहुँने घोषणा गरे ।

‘मुलुक अब अध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेको छ’,प्रधानमन्त्रीले भने, ‘लोडसेडिङ मुक्तले राजस्व र औद्योगिक गतिविधी मात्र बढेको छैन यसले देशका जनतामाथी आफैमा भरोसा बढाएको छ ।’

प्रधानमन्त्री दाहालले सरकारले घोषणा गरेको समयमा स्थानीय निकायको निर्वाचन निस्पक्ष र धादली रहित तरिकाले गर्ने प्रतिबद्धता जायर गरे । ‘जनताको ढोकामा विकास र जनताको ढोकामा सरकारको युग निर्वाचन मार्फत हुने छ’,प्रधानमन्त्रीले भने,‘अबको संरचनामा महिलाको प्रतिनिधित्व ४० प्रतिशत तथा पछाडी परेका समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।’

उनले निर्वाचन सफल पार्न अन्तराष्ट्रिय समुदायको सहयोग चाहिने बताए । असन्तुष्ट पक्षलाई सिधै सम्बोधन गर्न तयार रहेको भन्दै प्रधानमन्त्री दाहालले एकात्मक राज्य संरचनाले महिला,मधेशी,आदीवासीको अधिकारमा को लड्यो भन्ने कुरा स्पष्ट हुन जरुरी रहेको बताए ।

संविधान संसोधनका लागि सरकार परिवर्तन गरेको भन्दै दाहालले संविधान संसोधन टेबल भएको र पारित गराउन पहल गरिरहेको बताए । नयाँ संविधान मधेशमा चाहिएको भन्दै देशका परम्परागत शासक वर्गलाई गणतन्त्र,संंघियता र धर्मनिरपेक्षता मन परेको बताए । ‘ अहिले त्यही बर्ग मधेशका जनतामा बन्दुक राखेर परिवर्तन उल्टाउन चाहेको छ । त्यसमा मधेशका जनता गोटी बन्नु हुँदैन,’ प्रधानमन्त्री दाहालले भने ।


क्लिकमान्डु