जिओनीका सर्भिस सेन्टर पाँच स्थानमा स्थापना



काठमाडौं । जिओनीले आफ्ना ग्राहकहरुलाई बिक्रीपछिको सेवा प्रदान गर्नका लागि आधिकारिक सर्भिस सेन्टरहरु बिस्तार गरेको छ ।

कम्पनीले पोखरा, नारायणघाट, नेपालगंज, इटहरी र विरगंजमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु स्थापना गरेको छ ।

कम्पनीले क्षेत्रियरुपमा रिजनल सर्भिस सेन्टर स्थापना गर्ने उदेश्यका साथ नयाँ सर्भिस सेन्टरहरु स्थापना गरिएको जनाएको छ ।

कम्पनीले यसअघि नै काठमाडौंमा सर्भिस सेन्टर संचालनमा ल्याइसकेको छ ।


क्लिकमान्डु