आविष्कार केन्द्रलाई शिक्षक र कर्मचारीको आर्थिक सहयोग



म्याग्दी । हिस्तान र राम्चेमा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई करिब पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।

म्यागेसेसे पुरस्कार विजेता महावीर पुनको अगुवाइमा स्थापना हुन लागेको र केन्द्रलाई चार लाख ९८ हजार १०८ रुपैयाँ उपलब्ध गराइएको हो । आदर्श मावि रिमा स्रोत केन्द्रका स्रोत व्यक्ति भरतकुमार पुनले सोमबार पोखरामा आयोजित कार्यक्रममा  पुनलाई रकम हस्तान्तरण गरेका हुन् ।

राम्चेको नांगीमा जन्मिएर सोही क्षेत्रका ग्रामीण बस्तीमा बेतार इन्टरनेटको माध्यमबाट शिक्षा, स्वास्थ्य,कृषि,पर्यटनको विकासमा सघाएका महावीरको प्रयासमा स्थापना हुन लागेको केन्द्रलाई शिक्षक, कर्मचारी र अगुवाले स्वेच्छिक रुपमा सहयोग जुटाएका हुन् ।

विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरणलगायत विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले  केन्द्र स्थापनाका लागि पुनको नेतृत्वमा जनस्तरबाट आर्थिक सहयोग जुटाउने क्रम चलिरहेको छ ।


क्लिकमान्डु