आगामी वर्ष कोरियाले १० हजार कामदार लाने



 

काठमाडौं । नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्यकारुपमा रहेको दक्षिण कोरियाले आगामी वर्ष १० हजार २ सय नेपाली कामदार लाने भएको छ । जसमध्ये ६२ सय कृषिमा र ४ हजार उत्पादनमूलक क्षेत्रमा लैजाने कोरियाले जनाएको छ ।

कोरियाले नेपालीहरुलाई भाषा परिक्षा गराएर कामदार लाँदै आएको छ । यो वर्षकोभन्दा कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा बढाएको हो ।

इपिएस शाखाका अनुसार आगामी वर्षका लागि यही चैत ९ गतेदेखि १८ गतेसम्म भाषा परिक्षाका लागि आवेदन फारम लिइने छ । र, जेठमा भाषा परिक्षा हुनेछ । परिक्षामा उत्तिर्णहरु सन् २०१८ मा कोरिया जान पाउने छन् ।


पुष्प दुलाल