विश्वको पहिलो ५जी नेटवर्क भएको गिगाफोन जेडटिईले बनायो



काठमाडौं  । चीनियाँ टेलिकम कम्पनी जेडटिईले विश्वको पहिलो गिगाबाइट फोन सार्वजनिक गरेको छ ।

कम्पनीले मोबाइल वल्र्ड कंग्रेस २०१७मा गिगाबाइट फोन सार्वजनिक गरेको हो ।
जेडटिईको यो स्मार्टफोनले ५जी सपोर्ट गर्दछ ।

कम्पनीले यो स्मार्टफोनलाई विश्वको पहिलो सुपर स्पीड ५जी नेटवर्क सपोर्ट गर्ने स्मार्टफोनको रुपमा चित्रित गरेको छ । कम्पनीकाअनुसार यो पहिलो गिगाबाइट स्मार्टफोन हो जसमा १ जीबीपीएसको डाउनलोड स्पीड राखिएको छ ।

यो फोन अहिलेको फोरजीको पहिलो जेनेरेशन भन्दा १० गुणा अधिक गतिको डाउनलोड हो ।

जेडटिईको गिगाबाइट स्मार्टफोनले अन्य एलटिई डिभाइसहरुको तुलनामा समान नेटवर्कमा पनि तीन गुणा तिब्र गतिको डाटा प्रकृया छिटो पुरा गर्दछ ।

कम्पनीले भनेअनुसारको १ गिगाबाइटको इन्टरनेट गतिले ३६० डिग्री भिआर, इन्स्ट्यान्ट क्लाउड स्टोरेज तथा एचब्यू म्युजिक तथा मुभीज हेर्न तथा डाउनलोड गर्न सकिन्छ ।
तर अहिलेसम्म विश्वमा ५जी नेटवर्क छैन र कयौँ कम्पनीहरुले यसको परिक्षण गरिरहेका छन् ।


क्लिकमान्डु