स्थानीय तहको निर्वाचन कार्यतालिका यस्तो आयो




काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्बजनिक गरेको छ ।

सार्बजनिक गरिएको कार्यतालिका अनुसार आगामी बैशाख १६ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । यस्तो मनोनयन गाउपालिका वा नगरपालिकामा रहेको मुख्य निर्वाचन वा निर्वाचन अधिकृतको केन्द्रमा दर्ता गराउनु पर्नेछ ।

मनोनयनपत्र (उम्मेदवारी) दर्ता गराएका उम्मेदबारको सुची प्रकाशन सोही दिनको सोही ठाउमा बेलुकी साढे ५ बजे हुनेछ ।

त्यसको भोलिपल्ट अर्थात बैशाख १७ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदबारको बिरोधमा उजुरी दिन पाइनेछ । निर्वाचन केन्द्रले उम्मेदवारले दिएको उम्मेदवारीको जाँच भने बैशाख १७ गते दिउसो १ बजेदेखि बैशाख १८ गते साढे ११ बजेसम्म गर्नेछ ।

मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन बैशाख १८ गते साढे ११ बजेदेखि १ बजेसम्ममा गरी सक्ने कार्यसुची छ ।

बैशाख १८ गते १ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली भने बैशाख १९ गते १० बजेदेखि ११ बजेसम्ममा प्रकाशन गरिसकिने कार्यतालिका छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार उम्मेदवारले चुनाब चिन्ह भने बैशाख १९ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेभित्रमा प्राप्त गर्नेछन् । आयोगले आगामी बैशाख ३१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मलाई मतदानको समय तोकेको छ ।


क्लिकमान्डु