यी हुन्, लगानी सम्मेलनमा सरकारले प्रस्तुत गर्ने ठूला आयोजना



काठमाा ठूला आयोजनाहरु छनोट गरिसकेको छ । सरकारका तर्फबाट प्रोजेक्ट बैंक बनाएर हुँदैछ । बैदेशिक लगानी भित्र्याउने उद्देश्यले सरकारले लगानी सम्मेलनको आयोजना गरेको हो ।

लगानी सम्मेलनबाट मुलुकमा १ खर्ब लगानी भित्र्याउने लक्ष्य रहेको उद्योगमन्त्री नबिन्द्रराज जोशीले बताए ।

त्यसका लागि सरकारले ८ वटा ठूला आयोजनाहरु छनोट गरिसकेको छ । सरकारका तर्फबाट प्रोजेक्ट बैंक बनाएर लगानी बोर्डले आयोजनाहरु बारे सम्मेलनमा प्रस्तुति गर्ने छ ।

सरकारले प्रस्तुत गर्ने आयोजनाहरुको कुल लागत देशको कुल ग्राहस्थ उत्पादन बराबर अर्थात् २१ खर्ब हो ।

मन्त्री जोशीका अनुसार सम्मेलनमा २३ मुलुकका अढाई सय लगानीकर्ताहरु आउने छन् । भारत, चीन, बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रसिया, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनाम लगायतका मुलुकबाट लगानीकर्ता सहभागी हुने प्रतिबद्धता आएको छ ।

सम्मेलनको पहिलो दिन लगानी सम्भवना, नीतिगत सुधार र लगानीको वातावरणका विषयमा छलफल हुनेछ । दोस्रो दिन उर्जा, पूर्वाधार, सूचना प्रविधि, पर्यटन, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा बनजन्य विषयमा प्यानल डिस्कसन गर्ने कार्यक्रम छ ।

रसायनिक मल कारखाना, पूर्व-पश्चिम रेलमार्ग, रेलमार्गमा भारतसँग जोड्ने लिंक रोडहरु, काठमाडौं भ्याली मेट्रो, काठमाडौं-हेटौंडा सुरुङमार्ग, काठमाडौं-पोखरा रेलमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र तामाकोशी तेस्रो रहेका छन् ।

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने आयोजना


पुष्प दुलाल