नोकियाको ३३१० फोन फेरि आयो



काठमाडौं । नोकियाको पहिचान रहेको मोबाइल फोन ३३१० पुनः बजारमा आएको छ । यो फोन करिब १७ वर्ष अगाडि लन्च भएको थियो । स्पेनको बार्सिलोनामा जारी मोबाइल वल्र्ड कंग्रेसबाट आइतवार राती नोकियाले विश्व बजारमा आफ्नो पुनरावगमन गरेको हो ।

यसले विश्वमा सबैभन्दा बढी बिक्री हुने फोनको रेकर्ड राखेको थियो । सन् २००५ मा बन्द हुनुभन्दा अगाडि यसको १२ करोड ६० लाख युनिट मोबाइल बिक्री भएको थियो ।

अब यसको नयाँ भर्सन लन्च एको छ । नोकिया ब्रान्ड अब फिनल्याण्डको को स्टार्टअप कम्पनी एचएमडीको मातहतमा रहेको छ ।
विशेषज्ञका अनुसार ब्रान्डको रिलन्च गर्ने को तरिका जबरजस्त छ । नोकिया ३३१० बलियो र सर्पको खेलको कारणको खास मानिन्छ ।

एचएमडीले ३३१० सँगै नयाँ तीन एन्ड्रोएड फोनपनि लन्च गरेको छ ।

विशेषज्ञ बेन बुडले भने,‘ यदी एचएमडीले सिर्फ तीन फोनमात्र लन्च गरेको भए मिडियामा सिंगल कोलममात्र मिल्ने थियो । नोकिया ३३१० लन्च भएको कारण धेरै नै कभरेज मिलेको छ।’ उनी ३३१० लन्च गर्नु धेरै नै सोचेर चालिएको कदम भउको भन्दै यसबाट बिक्री बढ्ने बताउँछन् ।

नयाँ ३३१० स्मार्टफोन नभएर फिचर फोन हो । यसमा सिमित इन्टरनेट सेवा प्रयोग गर्न मिल्छ । यो एस ३० प्लस अपरेटिङ सिस्टममा चल्छ र जसमा थ्रीजी र ४ जिको नभएर २.५ को न्यून गतिको इन्टरनेट चल्छ ।

फोनमा २ मेगापिक्सलको क्यामरा छ । यसमा सबैभन्दा बढी महत्वपूर्ण यसको ब्याट्री रहेको छ ।

एचएमडीका अनुसार फोनले एक महिनाको स्टाण्डबाइ टाइम दिने र यसबाट २२ घण्टासम्म कुराकानी गर्न सकिन्छ । फोनमा सर्प गेमको नयाँ भर्सन छ ।
एचएमडीका सिइओ अर्टो नुमेलाले ३३१० डिजिटल डेटाक्स वा होलिडे फोन हुने बताए । ‘ यदी तपाई स्मार्टफोन बन्द गर्न चाहनुहुन्छ तर,सम्पर्कमा हुन चाहनुहुन्छ भने यो फोन लाइफलाइन जस्तो हुन्छ ।’ उनले भने ।

एचएमडीका अनुसार नोकिया ब्रान्ड ६ नयाँ स्मार्टफोनपनि लन्च गर्ने तयारीमा छ । बिबिसि हिन्दीबाट


क्लिकमान्डु