चामलको उचित प्रयोग गर्नुहोस्, धन कमाउनुहोस्



पश्चिमाहरुले बिज्ञानको रुपमा मात्र स्वीकार गरेको ज्योतिषशास्त्रले पूर्वीय दर्शन, धर्म, अध्यात्मलगायत सामान्य घरायसी कुरामा समेत गहिरो पकड जमाएको छ ।

हिन्दुशास्त्र र ज्योतिष शास्त्रबीच त झन नङ्ग र मासु जतिकै सम्बन्ध रहेको छ । उदाहरणको लागि, गरिबी हटाउने उपायको खोजीमा समेत ज्योतिष शास्त्रको प्रयोग गरेको पाइन्छ ।

कुनै कारणवश धन प्राप्त गर्न नसकिएमा ज्योतिष शास्त्रका माध्यमले ति समस्या हल गरी धन कमाउन सकिने बताइन्छ । यदि तपाई कुनै ग्रह बाधाबाट पीडित भएर गोजिमा पैसा टिकाउन सकिराख्नु भएको छैन भने एकपल्ट अवश्य ज्योतिष शास्त्रको प्रयोग गर्नु होला ।

तर, ज्योतिष शास्त्रको प्रयोग गर्दा चामल (अक्षता)को प्रयोग भने अनिवार्य मानिन्छ । कुनै पनि पूजाका लागि अबिर, केसरी र फुलसँगै चामल चढाउनु अनिवार्य छ । चामलको प्रयोग बिना पूजा पूर्र्र्ण हुन सक्दैन ।

देवी देवतालाको प्रिय चामल

शास्त्रका अनुसार पूजा कर्ममा चामलको अधिक महत्व छ । देवी–देवतालाई चामल समर्पित गरिनुका साथै मानिसलाई पनि चामलको टिका लगाइन्छ । चामलको प्रयोग गरेर घरको दरिद्रता हटाउन सकिन्छ ।

सोमबार भगवान शिवलाई चामल चढाउने चामल सग्लो(नटुक्रेको )हुनुपर्छ । अन्यथा अपेक्षा अनुरुपको फल प्राप्ति हुन सक्दैन ।

जागिरको समस्यका हलका लागि चामलको प्रयोग

जागिरको खोजिमा वा हालको जागिरमा कुनै समस्या भएमा चामलको प्रयोग गर्नु पर्ने हुन्छ । जसका लागि चामललाई दुधमा पकाएर कागलाई खुवाउनु वर्छ ।

धन प्राप्ति नभएमा

पैसाको खडेरी परेमा आधा किलो चामल किनेर एकान्त स्थानमा रहेको शिवलिंगमा एक मुठी चामल अर्पित गर्ने र बाँकी बचेको चामल गरिबलाई दान गर्ने । यो उपाय पूर्णिमाको पहिलो सोमबारबाट लगातार ५ सोमबारसम्म जारी राख्ने । यसो गरेमा परिवारमा पैसाको आभाव हुने छैन ।

पितृदोषका लागि चामल

पितृदोष भएमा धेरै प्रकारको समस्या आउने गर्छन् । चामलको प्रयोगबाट पितृदोष हटाउन सकिन्छ । पितृदोषबाट छुटकारा पाउनका निम्ती चामलको खिर वा रोटी कागलाई खुवाउन । यसबाट तपाइलाई पितृको आषिश मिल्छ र रोकिएको काम पूरा हुन्छ ।


पुष्प दुलाल