दोलखामा पशु बीमाको अाकर्षण, चार हजार पशुको बीमा



दोलखा  । पशुको बीमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार रुपैया राजस्व सङ्कलन भएको छ  । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब चार हजार पशुको बीमा गरिएको छ ।

पशु पालनमा किसानको आकर्षण बढ्दै गएको र माघ महिनामा मात्रै तीन सय ८१ पशुको बीमा गरिएको छ । जसको बीमित रकम एक करोड १५ लाख ३९ हजार रुपैया पुगेको छ । पशु बीमा ऐन, २०६८ आएपछि दोलखामा २०७१ सालबाट पशु बीमा सेवा सुरु भएको थियो ।

आफ्नो हेलचेक्र्याइँ बाहेकका कुनै कारण आफूले पालेका पशुको मृत्यु भए ९० प्रतिशत क्षतिपूर्ति बीमा कम्पनीले प्रदान गर्ने भएपछि पशु बीमातर्फ किसानको आकर्षण बढेको कार्यालयका प्राविधिक कमल पराजुलीले जानकारी दिए ।

जिल्लामा सरकारी इजाजत प्राप्त प्रिमियर इन्सुरेन्स कम्पनीले पशु बीमा गरेका हुन् ।


क्लिकमान्डु