लगानी सम्मेलनमा भारतीय अर्थमन्त्री आउने, १ खर्ब लगानी भित्र्याउने योजना



काठमाडौं । लगानीका संभावनाहरुलाई उजागर गरी नेपालमा लगानीको वातावरण बनाउन बनाउने उद्देश्यले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली आउने भएका छन् ।

जेट्लीले मुख्य अतिथिकोरुपमा लगानी सम्मेलनलाई सम्बोधन गर्ने उद्योगमन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।

यही फागुन १९ र २० गते नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा २ सय लगानीकर्ता आउने र १ खर्ब लगानी भित्र्याउने योजना रहेको मन्त्री जोशीले सुनाए ।

सम्मेलनमा एशियन इन्फ्राच्टक्चर इन्भेष्टमेन्ट बैंक(एआईआईबी)का अध्यक्ष जिन लिक्वानपनि आउने छन् । चीनको प्रमुख लगानीमा पूर्वाधारमा लगानी गर्न खोलिएको बैंकमा नेपालपनि संस्थापक हो ।
सम्मेलनमा प्रमुख राजनीतिक दलका नेताहरुले अन्तराष्ट्रिय लगानीकर्तालाई आस्वस्त पार्ने छन् । सम्मेलन लगानी भित्राउनको लागि कोसढुंगा सावित हुने उद्योगमन्त्री जोशीले बताए । उनले लगानीकर्ताको प्रमुख चासोको रुपमा खानी क्षेत्र देखिएको बताए ।
कम्पनी ऐन पारित भएको र यसले लगानीकर्तालाई कम्पनी दर्ता गर्नको लागि सहज बनाएको जानकारी लगानी सम्मेलनमा दिने मन्त्री जोशीले बताए । उनले ८ मुख्य क्षेत्रमा बैदेशिक लगानी भित्राउनको लागि प्राथमिकता दिएको जोड दिए ।

केहीदिन अघिमात्रै नेपाल उद्योग परिसंघले राजधानीमै पूर्वाधार सम्मेलन गरेको थियो ।


पुष्प दुलाल