आजदेखि सिहंदरवारमा नगद चल्दैन



काठमाडौं । आजदेखि सिंहदरवारभित्र रहेका सरकारी कार्यालयको आर्थिक कारोवार नगदमा हुने छैन । महालेखा नियन्त्रक कार्यालयले सिंहदरवारभित्र रहेका सरकारी कार्यालयको आर्थिक कारोवार विद्युतीय प्रणाली मार्फत गर्न लागेको हो ।

महालेखा नियन्त्रक कार्यालयले नगद कारोवारलाई निरुत्साहित गर्नको लागि २५ हजारभन्दा माथीको भुक्तानी विद्युतीय प्रणाली मार्फत दिन लागेको हो । यसको लागि कार्यालयले नेपाल क्यिरिङ हाउस लिमिटेडसँग सँग सम्झौता गरेको छ ।

सरकारी कार्यालयहरुले यो प्रणालीको प्रयोगपछि भुक्तानी दिने आदेश कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउँदा भने भुक्तानी पाउँने संस्थाको बैंकमा रहेको खाता नम्बर सहित आदेश पठाउँनु पर्ने हुन्छ ।


क्लिकमान्डु