डेनिस राजकुमारले गरे लघु जलविद्युत् अवलोकन



बनेपा । डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दिमार क्रिस्चियनले काभ्रेपलाञ्चोकको भीमखोरी गाविस स्थित करमडाँडा लघु जलविद्युत् आयोजनाको अवलोकन गरेका छन् ।

नेपालको अनौपचारिक भ्रमणमा आएका उनले सो लघु जलविद्युत् आयोजनाबाट सञ्चालन भएको पानीघट्ट र मिलका बारेमा विस्तृत जानकारी लिँदै जलविद्युत् आयोजनाबाट पानीघट्ट र मिल सञ्चालन गरेर स्थानीयवासीलाई जीविकोपार्जन र आत्मनिर्भर बन्नका लागि प्रभावकारी काम भएको बताए ।

जलविद्युत् आयोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जिविस, काभ्रेपलाञ्चोक, भीमखोरी गाविसलगायतले २०६७ साल भदौमा सञ्चालनमा ल्याएका थिए । सत्र किलोवाट क्षमताको सो जलविद्युत् आयोजनाबाट एक सय ७१ घर लाभान्वित भएका छन् । रासस


क्लिकमान्डु