आइतवारदेखि नोकियाको स्मार्टफोन विश्वभर



काठमाडौं । मोबाइलको सबैभन्दा ठूलो प्रदर्शनी मोबाइल वल्र्ड कांग्रेस आइतबारदेखि शुरु हुँदैछ । प्रदर्शनी स्पेनको सहर बार्सिलोनामा आयोजना हुनेछ । प्रदर्शनीको उद्घाटन नेपाली समय अनुसार साँझ ९:१५ बाट हुनेछ ।

यस प्रदर्शनीमा विश्वका ठूला मोबाइल निर्माता कम्पनीले आफ्ना नयाँ फोन लन्च गर्ने उत्सवका रुपमा प्रयोग गर्ने गर्छन् ।

यस वर्षको प्रदर्शनीको विशेष आर्कषको रुपमा छ, नोकिया । कुनै समय मोबाइल दुनियाँमा एकछत्र राज गरेको नोकिया केहि समयदेखि बजारबाट विस्थापित भएको थियो ।

तर, केहि समय अघि नोकियाले चीनमा ‘नोकिया ६’ लन्च गरेर दमदार आगमन गरेको थियो । मोबाइल लन्च भएको एक मिनेटमा १ लाख नोकियाका सेट बिक्री भएका थिए । त्यो समाचार विश्वभरका संचारमाध्यमले प्रमुखताका साथ प्रकाशन गरेका थिए ।

जसले गर्दा पनि विश्वका मोवाइलका शौखिनको ध्यान नोकियामा पर्न गएको छ । प्रदर्शनीमा नोकियाको ‘नोकिया ३’ र ‘नोकिया ५’ लन्च हुनेछ । नोकियाले आफ्ना नयाँ स्मार्टफोनबाट गुमेको शाख फर्काउने धेरैले अपेक्षा राखेका छन् ।

नोकिया ३३१०

संसारको सबैभन्दा चर्चित मोबाइल सेट हो नोकिया ३३१० । कम्पनीले यो सेट सन् २००० मा बजारमा ल्याएको थियो । हालसम्म बिक्री भएका मोबाइल सेट मध्यमा सबैभन्दा धेरै बिक्री भएको सेट नोकिया ३३१० हो । यो सेट संसारभरका १२ करोड ६० लाख मानिसको हातमा परेको थियो ।

नोकिया ३ र नोकिया ५

कम्पनीले प्रदर्शनीमा नोकिया ३ र नोकिया ५ लन्च गर्ने सम्भावना रहेको छ । यि दुई फोनमा के कस्ता फिचर हुने छन् भनेर कम्पनीको तर्फबाट कुनै पनि आधिकारिक धारणा आएको छैन । तर, यि दुईमा थोर बहुत समान हुने अनुमान गरिएको छ । यि दुई बिचको मुल्यमा केहि फरक हुनेछ ।

नोकिया ६

नोकिया ६ चीनमा मात्र लन्च गरिएको छ । कांग्रेसमा नोकिया ६ ग्लोबल लन्च हुने सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस- नोकियाको जोडदार पुनरागमन, चीनमा १ मिनेटमा नै १ लाख ‘नोकिया ६’ बिक्यो, अब युरोप जाने


क्लिकमान्डु