मोरङमा साना सिँचाइ कार्यक्रमलार्इ अनुदान



विराटनगर । मोरङमा कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले साना सिँचाइ विशेष कार्यक्रम सञ्चालन गरिएको छ ।

सो कार्यक्रमअन्तर्गत चालु आवमा ४५ वटा योजनामा ३६ लाख रुपैयाँ रकम किसानलाई अनुदानको रुपमा उपलब्ध गराउने जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत सत्यदेव मण्डलले जानकारी दिए ।

साना सिँचाइ कार्यक्रमका लागि किसानसँग समूहगत रुपमा वा कृषि सहकारीको माध्यमबाट आवेदन माग गरिएको थियो । छनोटमा परेका समूह वा कृषि सहकारीलाई अधिकतम एक लाख ५० हजार रुपैयाँसम्म अनुदानको रुपमा उपलब्ध गराउने मण्डलले बताए ।

उक्त अनुदानबाट किसानले बोरिङ जडान गर्ने र पम्पिङ सेटलगायतका कृषि औजार खरिद गर्नेछ । यस कार्यका लागि सरकारले ८५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।


क्लिकमान्डु