७२ करोड ६९ लाख रुपैयाँ निक्षेप राख्ने संस्था खोज्दै राष्ट्रबैंक




काठमाडौं । कर्जा दिनको लागि रकम अभाव भएका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले आफुसँग भएको ७२ करोड ६९ लाख रुपैयाँ निक्षेप राख्ने योजना सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीमा निक्षेप राख्न लागेको हो । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार वाणिज्य बैंकमा ५८ करोड १५ लाख रुपैयाँ,विकास बैंकमा १० करोड ९० लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ३ करोड ६३ लाख रुपैयाँ निक्षेप राख्न लागेको हो ।

राष्ट्र बैैंकले चैत १ देखि २०७४ को फागुन ३० मुद्दती निक्षेपमा पैसा राख्नको लागि विभिन्न शर्त तोकेर फागुन १७ भित्र प्रस्ताव पठाउन आह्वान गरेको छ ।


क्लिकमान्डु