साओमीको रेडमी ४ प्राइम स्मार्टफोन नेपाली बजारमा



काठमाडौं । साओमीले नयाँ स्मार्टफोन रेडमी फोर प्राइम  सार्वजनिक गरेको छ । नेपालमा साओमीका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले साओमी रेडमी ४ प्राइम ल्याएको हो ।

साओमी रेडमी ४ प्राइममा ५ इन्चको फूलएचडी आइपीएस डिस्प्ले राखिएको छ । यो फोनमा २.० गिगाहर्जको क्वालकम स्न्यापड्रागन ६२५ प्रोसेसर राखिएको छ भने फोनमा ३ जीबीको र्याम छ । यसमा ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

फोनमा ४,१०० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

फोटोको लागि साओमी रेडमी ४ प्राइममा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलेको फ्रन्ट क्यामरा राखिएको छ । एन्ड्रोयड ६.०.१ भर्सनमा आधारित एमआईयूआई ८ मा संचालन हुने यो स्मार्टफोनको मूल्य बजारमा २३,४९९ रुपैंया तोकिएको छ ।


क्लिकमान्डु