चुनावका लागि अर्थले गर्यो १० अर्ब २९ करोड निकासा



काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय निकायको निर्वाचनका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरिसकेको छ ।

सरकारले सोमबार निर्वाचनको घोषणा गरेको थियो । बिहीबार अर्थ मन्त्रालयले १० अर्ब २९ करोड रुपैयाँ बजेट निकासा गरिसकेको अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख मुधु मरासीनीले बताए ।

‘स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन आयोगले माग गरे बमोजिम सम्पूर्ण रकम अर्थात् १० अर्ब २९ करोड रुपैयाँ बजेट आजै निकासा गरेको छ,’ मरासीनीले बिहीबार राती ट्वीट गरेका छन् ।

अर्थ मन्त्रालयले निर्वाचनका लागि २० अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ । जसमध्ये अहिलेसम्म प्रहरीले बजेट मागेको छैन । निर्वाचनमा प्रहरीलाई पनि मोटो रकम आवश्यक पर्छ ।

त्यसबाहेक निर्वाचनका लागि विभिन्न सरकारी निकायहरुलाई बजेट आवश्यकता अनुसार बजेट उपलब्ध गराउने अर्थ मन्त्रालयले जनाएको छ ।


पुष्प दुलाल