पोखरामा केबलकार निर्माण गर्न ६६ करोड ऋण




काठमाडौं । पोखरामा केबलकार बनाउनको लागि सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋण दिने भएका छन् । सनराइज बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंकले कास्कीको सराङकोटमा केबलकार निर्माण गर्न ऋण दिन लागेका हुन् ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको परियोजनामा घरजग्गा व्यवसायी कालु गुरुङ तथा जापानी मुलका नेपाली नागरिक टाकासी मियाहाराले प्रवद्र्धन गरेका छन् । अन्नपूर्ण केवल कार प्रालिको कुल लागत ८९ करोड ६० लाख छ । जसमा बैंकले ६६ करोड रुपैयाँ बैंकले ऋण दिने भएका हुन् ।


क्लिकमान्डु