नेपाल टेलिकमको ‘फेस्टिभल अफर’, डाटा किन्दा यूट्यूब हेर्न बोनस



काठमाडौं। नेपाल टेलिकमले शिवरात्रीको अवसर पारेर फेस्टिभल अफर सार्वजनिक गरेको छ । कम्पनीले यो अफरमा डाटा बण्डलिंग प्याकेज अन्तरगत ७५ रुपैंयामा १०० एमबी डाटा र बोनसको रुपमा १०० एमबी यूट्यूब डाटा प्याक दिने भएको छ । कम्पनीका अनुसार यो नयाँ अफरको डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने जानकारी दिएको छ ।

यसैगरी १५० रुपैयाँमा २०० एमबी डाटा र बोनसको रुपमा २०० एमबीको यूट्यूब डाटा प्याक उपलब्ध गराएको छ । यो डाटा प्याकेज ३० दिनसम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जानकारी दिएको छ ।

यी दुबै सेवा २४ सै घण्टा चलाउन सकिने टेलिकमले जानकारी दिएको छ ।

कम्पनीले यसका साथै फेसबुक प्याकेज पनि सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत २२/६० रुपैंयामा ५ दिनका लागि १०० एमबी फेसबुक प्याकेज दिने भएको छ ।

कम्पनीले फोरजी सेवा प्रयोगकर्ताहरुका लागि यो प्याकेज आकर्षक हुने अपेक्षा कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले यो अफर फागुन १३ गतेदेखि २७ गतेसम्म लागू हुने टेलिकमले जानकारी दिएको छ ।


क्लिकमान्डु