केयुमा सहमतिमा स्ववियु घोषणा



काठमाडौं । काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस (केयु)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सर्वसहमतिमा घोषणा गरिएको छ ।

सभापति अनेरास्ववियुका उमेदवार सुन्दर लामा चुनिएका छन् ।

बिहिबार बसेको कक्षा प्रतिनिधिको बैठकबाट सबै विद्यार्थी संगठनहरुको एकता कायम राख्दै केयुमा सहमतिका आधारमा स्ववियु घोषण गरिएको हो ।

स्ववियुमा अनेरास्ववियुका सभापति, सह–सचिव र कोषाध्यक्ष सहित बहुमत स्ववियु सदस्य छन् । त्यस्तै नयाँ शक्ति, विप्लब निकट क्रान्तिकारी र माओवादी केन्द्र निकट क्रान्तिकारीको एक–एक उप–सभापति र सदस्य, ने.वि संघको सचिव, सहचिव सहित २ स्ववियु सदस्य रहने गरी स्ववियु गठन गरिएको छ ।

केयुमा भएको सहमतिले स्ववियु निर्वाचनका लागि सकरात्मक सन्देश भएको नवगठिन सभापति सुन्दर लामाले बताए ।

एक दशकदेखि हुन नसकेको स्ववियु आगामी फागुन १८ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन हुन गइरहेको छ ।


क्लिकमान्डु