काठमाडौंमा अब उद्योग खोल्न नपाइने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा उद्योग नखोल्ने नीति लिने भएको छ । जसको घोषणा चालु आर्थिक वर्षको बजेटमा गरिएको थियो ।

बजेटमा दुई वर्षभित्रमा काठमाडौं उपत्यका भित्रका औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर स्थानान्तरण गर्ने घोषणा गरिएको थियो । यसको लागि सरकारले गृहकार्य अगाडि बढाइसकेको छ ।
उद्योग सचिव शंकरप्रसाद कोइरालाले काठमाडौं बाहिर उद्योग स्थानान्तरणको लागि अध्ययन गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।

‘बजेटमा घोषणा भए अनुसार उद्योग सार्नको लागि कार्यदल गठन भएको छ,’ कोइरालाले भने,‘ यसका केही व्यवहारिक कठिनाई भने देखिएको छ।’ मन्त्रालयले पहिलो चरणमा ग्रील उद्योगलाई साने नीति लिएको छ । कार्यदलले सुझाव दिएपछि मात्र निर्णय लिने भन्दै सचिव कोइरालाले सहरको बीच भागमा रहेका ग्रिल उद्योगलाई पहिलो चरणमा अन्यत्र सारिने बताए ।

सरकारले बजेटमा कार्यक्रम घोषणा गरेपनि यो व्यवहारिक रुपमा कार्यान्वयन गर्न भने कठिन छ । अहिले काठमाडौं उपत्यकामा तीनवटा औद्योगिक क्षेत्र संचालनमा रहेका छन् । कस्ता उद्योगलाई काठमाडौं उपत्यकाबाट बाहिर लग्ने सो काम नगरेपनि सरकारले काठमाडौं उपत्यकामा थप उद्योग भने खोल्न नचाहेको देखिन्छ ।


क्लिकमान्डु