नेप्से परिसूचक १३.४६ अंकले घट्यो,३४ करोडको मात्र कारोवार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३.४६ अंकले घटेको छ ।

बुधवारको सेयर कारोवारबाट नेप्से परिसूचक १३ सय ४४ अंकमा झरेको छ ।

निर्वाचन घोषणा भएपछि सेयर कारोवार बढ्ने अनुमान लगानीकर्ताको भएपनि बजारले त्यसलाई विश्वास भने गरेको देखिएन । समुहगत परिसूचकको आधारमा उत्पादन मुलक क्षेत्रको सूचक स्थिर रहेको छ भने अन्य सबै समुहको परिसूचक ओरालो लागेको छ ।

बुधवार नेप्सेमा १ सय ३७ कम्पनीको ७ लाख ६४ हजार कित्ता सेयरको कारोवार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकको २ करोड रुपैयाँको सेयर कारोबारको आधारमा अगाडि छ । सबैभन्दा बढी कमाउने लगानीकर्तामा कर्णली विकास बैंकका लगानीकर्ता छन् । गुमाउने लगानीकर्तामा माउन्ट मकालु विकास बैंकका लगानीकर्ता छन् ।


क्लिकमान्डु