खाद्य संस्थानले किन्यो १ लाख ३६ हजार क्विन्टल धान



काठमाडौं । नेपाल खाद्य संस्थानले १ लाख ३६ हजार क्विन्टल धान खरिद गरेको छ ।

संस्थानले आर्थिक वर्ष २०७३/७४ मा ४ लाख २ सय क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ ।

खाद्य संस्थानले देशभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट धान किन्ने गरेको छ । संस्थानले मोटा धान २ हजार १५० रुपैयाँ र वास्मती धान ३ हजार ५५० रुपैयाँसम्म खरिद गरिरहेको खरिद तथा विक्री विभाग प्रमुख शंकर साप्कोटाले जानकारी दिए ।

खाद्य संस्थानले उपत्यका बाहिरका ११ शाखा कार्यलयहरुबाट धान खरिद गर्ने गरेको छ । हाललाई संस्थानले ९ स्थानबाट धान खरिद गरिरहेको छ ।

समयमै धानको उचित मुल्य समायोजन गर्न नसकेका कारण संस्थानले महेन्द्र नगर शाखा र जुम्ला शाखाबाट धान खरिद गर्न नसकेको खरिद विभागका अधिकृत प्रकाश कडेलले बताए ।

यी दुई स्थानबाट १० हजार २ सय क्विन्टल धान खरिद गर्ने लक्ष्य संस्थानले लिएको थियो । महेन्द्रनगर शाखाबाट १० हजार क्विन्टल र जुम्ला शाखाबाट २ सय क्विन्टल धान उठाउने लक्ष्य राखेको थियो ।

संस्थानले कुन स्थानबाट कति क्विन्टल खरिद गर्यो धान ?

धनगढी- ५० हजार
राजपुर-२४ हजार ८ सय३०
नेपालगञ्ज- २५ हजार
भैरहवा- ५ हजार
विरगंज- ४ हजार ७ सय ५५
जनकपुर- २ हजार ७ सय ५२
लाहान- ४ हजार ७ सय ९०
विराटनगर- ४ हजार ५ सय ८७
विर्तामोड- ५ हजार


क्लिकमान्डु