टाउको दुखेको रोगमा राष्ट्रबैंकबाट टाउको दुखेकै औषधि पायौं 



काठमाडौं   ।  आज सार्वजनिक मौद्रिक नीतिको मध्यावधी समीक्षाले बैकिङ क्षेत्रमा केही नीतिगत व्यवस्थामा परिवर्तन गरेको छ । मौद्रिक नीतिले परिवर्तन गरेका विषयमा टिप्पणी गर्दै बैकर्सहरुले राष्ट्र बैंकले बैकिङ क्षेत्रमा टाउको दुखेको समस्या समाधानका लागि टाउको दुखेकै औषधी दिएको बताएका छन् ।

राष्ट्र बैंकले तरलता छाड्नको लागि रिपो ल्याउँदा बैकर्सले केन्द्रीय बैंकले टाउको दुख्दा पेट दुखेको औषधी दिएको टिप्पणी गरेका थिए ।

नेपाल बैकर्स संघका अध्यक्ष अनिल शाहले राष्ट्र बैंकले समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याएको बताए ।

बैकिङ क्षेत्रमा टाउको दुख्ने समस्या थियो ,केन्द्रीय बैंकबाट टाउको दुखेकै औषधी खानको लागि दिएको छ,’ मौद्रिक नीतिमा टिप्पणी गर्दै शाहले भने । उनले यसले उत्पादन मुलक क्षेत्रमा कर्जा प्रवाहलाई बढाउन मद्दत गर्ने भन्दै वित्तीय क्षेत्रमा अहिले देखिएको समस्या समाधान हुने बताए ।

यस्तै बैकर्स संघका उपाध्यक्ष किशोर महर्जनले समस्या अहिले देखिएको समस्या समाधान गर्नेगरी मौद्रिक नीतिको समीक्षामा व्यवस्था गरिएको टिप्पणी गरे । ‘राष्ट्र बैंकले अहिले देखिएको समस्या अल्पकालिन तरिकाले समाधान गर्नेगरी नीतिमा व्यवस्था गरेको छ,’ महर्जनले भने ।

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछानेले बैंकरले दिएको सुझाव अनुसार समीक्षमा नीतिगत व्यवस्था परिवर्तन गरेको बताए । ‘ मौद्रिक नीतिको मध्यावधी समीक्षामा जेजति कुरा समट्न पर्ने थियो त्यो कुरा समेटिएको छ,’ उनले भने ।


क्लिकमान्डु