अटो लोनका कडाई गर्दा उत्पादशील क्षेत्रमा १२७ अर्ब लगानी बढ्छः गभर्नर




काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले अटो कर्जामा कडाइ गर्दा उत्पादनशील क्षेत्रमा लगानी बढ्ने बताएका छन् ।

चालु आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक गर्दै उनले यस्तो बताएका हुन् । नीतिको मध्यवधी समीक्षा मार्फत अटो लोनमा कम्तिमा पनि ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नै पर्ने ब्यवस्था गरिएको छ ।

‘अटो लोनमा कडाइ गर्दा उत्पादनशील क्षेत्रमा १ खर्ब २७ अर्ब रुपैयाँ लगानी बढ्छ, उत्पादनशील क्षेत्रमा कर्जा बढाउनु पर्ने राष्ट्रिय आवश्यकता र अनुत्पादक क्षेत्रमा कर्जाको बृद्धि रोक्न यस्तो कदम चालिएको हो,’ डा. नेपालले भने ।

राष्ट्र बैंकले गरेको यस्तो कडाइ निजी सबारी साधनको लागि मात्रै हो ।


क्लिकमान्डु