१९ वर्षपछि स्थानीय सरकार छान्न पाउने अबसर, सरकारको ढुकुटीबाट १० अर्ब खर्च



काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले मुलुक निर्वाचनमा केन्द्रित भएको बताए । ‘मुलुक निर्वाचनमा गयो, सरकारले महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी छ ।’ कार्कीले भने ।
२०५४ सालमा स्थानीय  निकायको निर्वाचन भएपछि अहिलेसम्म निर्वाचन हुन सकेको छैन । स्थानीय  निकायको निर्वाचन भएको कारण यसमा जाने बजेट खर्च प्रभावकारी भएको छैन ।


क्लिकमान्डु