१४ देशमा को-को हुँदैछन् राजदूत ?



काठमाडौं । सरकारले १४ देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले सत्तारुढ दलहरुको सहमतिको आधारमा नयाँ १४ जना राजदूतहरुको नाम सिफारिस गरेको हो ।

सरकारले नेपाली कांग्रेसको तर्फबाट अर्जुनजंग बहादुर सिंहलाई दक्षिण कोरिया, भीम उदासलाई म्यानमार, चापलाल भुसाललाई बंगलादेश, विश्वम्भर प्याकुरेललाई श्रीलंका, तथा रमेशप्रसाद कोइरालालाई कतारको राजदूतमा सिफारिस गरेको छ ।

राजदूतको कोटामा माओवादी केन्द्रको तर्फबाट युवनाथ लम्साललाई डेनमार्क, लक्की शेर्पालाई अस्ट्रेलिया, महेन्द्रबहादुर सिंहलाई साउदी अरब, पदम सुन्दासलाई बहराइनको राजदूतमा सिफारिस गरेको छ ।

त्यसैगरी प्रतिभा राणालाई जापान, निरन्जन थापालाई इजरायल तथा भरत रायमाझीलाई स्पेनको लागि राप्रपाको तर्फबाट प्रस्तावित राजदूतमा सिफारिस गरेको छ ।

सरकारले फोरम लोकतान्त्रिकको तर्फबाट शर्मिला पराजुलीलाई सिफारिस गरेको छ । सरकारले सिफारिस गरेका राजदूतहरुको संसदिय सुनुवाईपछि नियुक्ति हुनेछ ।


क्लिकमान्डु