एडीबी उपाध्यक्ष झाङले भने,- खर्च गर्न सक्छौ भने ५० अर्ब दिन्छौं



काठमाडौं । एसियाली विकास बैंकले नेपाललाई गर्दै आएको आर्थिक सहयोग झन्डै दोब्बर बढाउने घोषणा गरेको छ । तर, त्यसका लागि एडीबीले शर्त राखेको छ । त्यो शर्त हो, सरकारले खर्च गर्ने क्षमता बढाउनु पर्ने ।

पूर्वाधार सम्मेलनमा भाग लिन नेपाल आएका एडीबीका उपाध्यक्ष बेन्काई झाङले सोमबार पत्रकार सम्मेलन गरी यस्तो शर्तसहितको घोषणा गरेका हुन् ।

झाङका अनुसार सरकारले खर्च गर्ने क्षमता बढाए एडीबीले वार्षिक ५० करोड अमेरिकी डलर अर्थात् ५० अर्ब नेपाली रुपैयाँ सहयोग गर्नेछ ।

अहिले पनि नेपालका लागि एडिबी ठूलो दातृ निकाय हो । एडीबीले विभिन्न परियोजनाहरुमा प्रत्येक वर्ष ३० करोड डलर अर्थात् ३० अर्ब रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यही सहयोगलाई बढाएर ५० अर्ब पुर्याउने झाङले बताएका हुन् ।

झाङले नेपालको पूर्वाधार निर्माणमा हुन नसकेको भन्दै चिन्तासमेत व्यक्त गरे । आइतबार भएको पूर्वाधार सम्मेलनमा उनले नेपला सरकारको भिजन नै नभएको बताएका थिए ।

‘मेलम्ची खानेपानी आयोजना त पूरा भयो । तर मेलम्ची पाउन झन्डै एक पुष्ता कुर्नुपर्यो,’ उनले भने,– ‘यो शैलीले पूर्वाधार विकास हुन सक्दैन ।’

प्रतिस्पर्धी प्रोजेक्ट म्यानेजर राखेर काम गरे पूर्वाधार विकासले गति लिने उनको भनाई थियो ।

झाङले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली सुधारका लागि मोटो रकम आर्थिक सहयोग गर्ने सम्झौता गरिसकेको जानकारी दिए ।

त्यसैगरी, बीराटनगर, बीरगञ्जललगायतका ५ ठाउँमा शहरीकरणका लागि पनि एडीबीले सहयोग गरिरहेको उनले बताए ।

त्यस्तै, नारायणगढ-बुटवल सडक स्तरोन्नतिका लागि सहयोग गर्ने उनले जानकारी दिए । त्यसैगरी, तनहुँ हाइड्रो पावरको भ्रमण गरी प्रधामन्त्रीलाई भेट्ने जानकररी गराए ।

उपाध्यक्ष्य झाङले भैरवहा बिमानस्थलको कार्यप्रगतिमा आफूहरु सन्तुष्ट रहेको बताए । त्रिभूवन अन्तराष्ट्रि बिमानस्थलको स्तरोन्नतिका लागि चाँडै स्थानीय ठेकेदार नियुक्ति गरेर काम अघि बढाउने जानकारी दिए ।

भूकम्पपछिको पुनर्निर्माणमा प्रगति नभएको भन्दै उनले असन्तुष्टि जनाए ।


पुष्प दुलाल