योजना आयोगका उपाध्यक्ष भन्छन्- बैंकमा तरलता अभाव छैन, क्रेडिट क्रन्च पनि छैन



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले बैकिङ प्रणालीमा तरलता अभाव र क्रेडिट क्रन्च दुवै नरहेको बताएका छन् ।

बजेटको मध्यावधी समिक्षामा बोल्दै उपाध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले अत्याधिक कर्जा प्रवाह गरेको कारण समस्या देखिएको बताए ।

‘बजारमा सरकारले खर्च नगरेको कारण मात्र तरलता अभाव भएको भनिएको छ, सरकारले लिएको लक्ष्यभन्दा पनि बढी कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले पनि देखिन्छ,’ श्रेष्ठले भने ।

सरकारले तरलता समस्या समाधानको लागि पुस मसान्तमा भुक्तानी दिएको भन्दै अहिलेको तरलता अभाव र क्रेडिट क्रन्सको बारेमा मनोवैज्ञानिक त्रास मात्र भएको बताए ।

चैतपछि अहिलेको बैकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधान हुने र बैकिङ क्षेत्रमा तरलता अत्याधिक हुने उनको भनाई थियो ।

‘सरकारले पुँजीगत खर्च बढाउनको लागि केही फाउन्डेसन निर्माण गरेको छ । यसले आगामी वर्षपनि विकास खर्च बढाउने छ,’ श्रेष्ठले थपे ।


पुष्प दुलाल