चितवन पुगेका पूर्वराजा ज्ञानेन्द्रले महायज्ञमा दिए १ लाख



चितवन । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आएका उनले आइतबार नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी १ लाख रुपैयाँ सहयोग गरेका हुन् । महायज्ञ परिसरमा उनले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गरेको मूल आयोजक समितिका संयोजक पदमराज पाण्डेले जानकारी दिए ।

पत्रकारले सोधेको एक प्रश्नमा पूर्वराजा शाहले भने , ‘हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ ।’ महायज्ञमा पूर्वराजा र पूर्वरानी कोमललाई सर्वसाधारणले स्वागत गरेका थिए ।
शनिवार कोमलको जन्मोत्सव पश्चिम चितवनको बाराही रिसोर्टमा मनाइएको पूर्वराजाका निजी सचिव सागर तिमिलिल्सनाले बताए । गौ सेवाकोष स्थापनार्थ हिन्दू ओमकार भोलिन्टियर्सद्वारा फागुन ३ बाट सुरु भएको महायज्ञ शिवरात्रिका दिन फागुन १३ गतेसम्म चल्ने छ । रासस


क्लिकमान्डु