सेवीको विज्ञ समूहले दियो सेवोनका कर्मचारीहरुलाई तालिम



काठमाडौं । भारतीय पुँजी बजारको नियामक निकाय भारतीय प्रत्याभूति तथा बिनिमय बोर्ड (सेबी) को बिज्ञ समुहले नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीलाई तालिम दिएको छ ।

बोर्डको संस्थागत क्षमता अभिबृद्धिका क्रममा बोर्डले हालै आफ्नो जनशक्ति दोब्बर गरेकोमा बढेको जनशक्तिलाई प्रशिक्षित गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

‘उदीयमान धितोपत्र बजारको संरचना, नियमन तथा सुपरिवेक्षण विधि, नियमन निकायको सांगठनिक संरचना लगायतका विषयमा बोर्डका कर्मचारीलाई प्रशिक्षण गर्न बोर्डले छिमेकी मुलुक भारतको धितोपत्र बजारको नियमन निकाय भारतीय प्रत्याभूति तथा विनिमय बोर्ड (सेवी) सँग प्राविधिक सहयोगका लागि अनुरोध गरेको थियो । बोर्डको अनुरोध अनुसार सेवीका महाप्रबन्धक बिएन साहूको नेतृत्वमा आएको तीन सदस्यीय विज्ञ टोलीद्वारा धितोपत्र बजार नियमन तथा सुपरिवेक्षण सम्बन्धमा बोर्डका कुल ३५ जना कर्मचारीहरुलाई ३ दिने गहन तालिम दिइएको हो,’ बोर्डले बिज्ञप्ति जारी गर्दै भनेको छ ।

बोर्ड अध्यक्ष डा.रेवतबहादुर कार्कीले सेवोन र सेवी करिव सँगसगै स्थापित भए पनि विकासको क्रममा सेवी धेरै अगाडि बढी सकेकोले सेवोनले सेवीबाट धेरै जानकारी लिन सक्ने बताए ।

कार्यक्रममा सेवीको विज्ञ समूहले सेवीको सांगठनिक संरचनाको जानकारी दिदै सेवीले ऐनमार्फत धितोपत्र बजार नियमन गर्न आफैले आवश्यक नीति नियम बनाउन सक्ने विधायकी, संचालनमा पूर्ण स्वायत्तता सहितको कार्यकारी र नियम उल्लंघन गर्नेलाई कारवाहीगर्न सक्ने न्यायिक अधिकार प्राप्त गरेको र सोहीअनुसार बोर्डको संरचनामा विज्ञ सदस्यहरुको बाहुल्यता हुनुका साथै सेवीको अध्यक्षलाई मुख्य महाप्रवन्धकसम्मको पद सिर्जना गर्ने अधिकार समेत रहेको जानरी दिइएको थियो ।

विज्ञ समूहले धितोपत्र बजार मार्फत सर्वसाधारणसँग रहेको पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गरी अर्थतन्त्र विकास–विस्तारका लागि नेपालको विद्यमान प्राथमिक बजारमा संरचनात्मक सुधार गर्नु पर्नेतर्फ जोड दिएको छ ।

भारतीय पुँजी बजार नियम परिपालना सम्बन्धीव् यवस्थाहरु अन्तर्राष्ट्रिय वित्तीय सूचनाप्रवाह स्तर तथा संस्थागत सुशासन केन्द्रीत रहेको, कारोवारको क्रममा भएको वार्ताको अभिलेख र प्रणालीको संपरिक्षणको व्यवस्था, अनलाइन कारोवार, राफसाफतथा फछ्र्यौट (टि प्लस टु) सेटलमेन्ट ग्यारेन्टी फण्ड र अक्सन मार्केट सम्बन्धीव्यवस्था, लगानीकर्ता संरक्षण कोषको व्यवस्था, अटोमेटेड सर्भिलेन्स प्रणालीको ब्यवस्था बुक बिल्डिङ मेकानिजम मार्फत सार्वजनिक निष्काशनको मूल्य निर्धारण हुने व्यवस्था, मर्जर, टेकओभर, बाइब्याक तथा कमोडिटी डेरिभेटिभ्स् मार्केट समेत सेवीले नियमन गर्ने व्यवस्था, संचालक तथा कर्मचारीको लागि छुट्टै आचार संंहिता, स्टक एक्सचेञ्ज तथा नियमन निकायका कर्मचारीहरुले सेयरमा लगानी गर्न नपाउने व्यवस्था लगायतका विषयवस्तुहरु विस्तृत रुपमा प्रस्ट्याएको बोर्डले जानकारी दिएको छ ।

तालिम कार्यक्रम समापनको अबसरमा बोर्ड अध्यक्ष डा.रेवतबहादुर कार्कीले सेवोन र सेवी करिव सँगसगै स्थापित भए पनि विकासको क्रममा सेवी धेरै अगाडि बढी सकेकोले सेवोनले सेवीबाट धेरै जानकारी लिन सक्ने र सेवोनले संरचनात्मक तथा सांगठनिक रुपमा आफूलाई बलियो बनाउँदै लानुका साथै आफ्नो क्षमता अभिबृद्धि गर्दै धितोपत्र बजार नियमन तथा सुपरिवेक्षणमा पनि सवल भएको सावित गर्दै जानुपर्ने बताए ।

बोर्ड अध्यक्ष डा.कार्कीले सेवीको प्राविधिक सहयोगमा सम्पन्न तालिम कार्यक्रमबाट बोर्डका कर्मचारीहरुलाई पँुजीबजार नियमन तथा सुपरिवेक्षण सम्बन्धमा गहन जानकारी प्राप्त भएको बताउदै यसबाट बोर्डका कर्मचारीहरुको क्षमता अभिवृद्धि भई कार्य सम्पादनमा सुधार आउने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु