एनएमबि माइक्रोफाइनान्सको कर्जा व्यवस्थापन तालिम




पोखरा । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले कर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/०७४ को लक्ष्य तथा उपलब्धीको लेखाजोखा र धितो कर्जा ब्यवस्थापन गर्ने उद्धेश्यले समिक्षा आयोजना गरेको थियो ।
कार्यक्रमको उद्घाटन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले गरेका थिए ।

कार्यक्रममा वित्तीय संस्थाको विभिन्न शाखा कार्यालयहरुमा २४ जना शाखा प्रमुखहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु सहभागी रहेका छन् ।
सिइओ कोनाजोले धितो कर्जा लगानीका लागि आवश्यक पर्ने सम्पुर्ण प्रक्रियाहरुको वारेमा सवै सहभागीहरुमा स्पष्ट पारिने जानकारी कर्मचारीलाई दिए ।


क्लिकमान्डु