सक्षमको सहयोगमा आरएमडिसीको शाखा कोहलपुरमा



नेपालगञ्ज । यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहायतामा ग्रामीण लघुवित्त विकास केन्द्र (आरएमडिसी)ले कोहलपुर, नेपालगञ्जमा  शाखा कार्यालय खोलेको छ ।

शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक उपेन्द्र कुमार पौडेलले गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक तथा सक्षम राष्ट्रिय निर्देशन समितिका सदस्य रमन नेपाल, ग्रामीण लघुवित्त विकास केन्द्र (आरएमडिसी)का प्रमुखकार्यकारी अधिकृत ज्योतिचन्द्र ओझा र सक्षमका टोली प्रमुख बलजित भोहराको पनि उपस्थिति रहेको थियो ।

आरएमडिसी र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच ३४ जिल्लामा ग्रामीण विपन्न समुदायहरूको वित्तसम्मको पहुँचमा सुधार गर्ने गरी गत मंसीरमा सम्झौता सम्पन्न भएको थियो ।

यूकेएड सक्षमको सहायतामा, आरएमडिसीले काठमाडौं बाहिरे पहिलो शाखा मध्य र सुदूरपश्चिम क्षेत्रमा लघु वित्तीय संस्थाहरूको साझेदारीमा शुरु गरेको छ ।

एमडिसीका प्रमुखकार्यकारी अधिकृत ज्योतीचन्द्र ओझाले शाखाले यस क्षेत्रमा रहेका लघुवित्तीय संस्थाहरूलाई थोक कर्जा प्रदान गर्ने तिनीहरूको क्षमता निर्माण गर्ने माध्यमको रूपमा काम गर्ने बताए ।

‘ग्रामीण समुदायहरूमा बढ्दो संख्यामा रहेका लाभग्राहीहरूको वित्तीयक्षमताअभिवृद्धि गर्नको लागिआरएमडिसीले त्यहाँहालभएका लघुवित्त संस्थाहरूसँग कामगर्नेछ र नयाँ लघुवित्त संस्थाहरूलाई पनि समावेश गराउनेछ,’ ओझाले भने ।

सक्षमका टोली प्रमुख बलजित भोहराले शाखाको प्रारम्भ आरएमडिसीलाई थप दुर्गम जिल्लाहरूमा पुग्न र मध्य र सुदूरपश्चिमका पिछडिएका क्षेत्रहरूमा उदयीमान नयाँ लघुवित्त संस्थाहरूलाई कर्जा प्रदानगर्नको लागि रणनीतिक स्थानहरूमा दुई भिन्न क्षेत्रीयकार्यालयहरू स्थापनागर्न सहयोग गर्ने सक्षमको योजना अन्तर्गतको कार्य रहेको बताए ।

‘हामीलाई आशा छ आरएमडिसीको लघुवित्त संस्थाहरूलाई समावेश गर्ने कार्यक्रमको माध्यमबाट अब अत्यन्त ग्रामीण समुदायहरूकानयाँग्राहकसम्मपुग्न सकिन्छ र विभिन्नप्रकारका वित्तीयउत्पादनतथा सेवाहरूप्रदान गरेर उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ,’ भोहराले भने ।

नेपाल राष्ट्र बैंककाकार्यकारी निर्देशक उपेन्द्र कुमार पौडेलले यस साझेदारीले नयाँ लघुवित्त संस्थाहरूलाई अभिशिक्षण र क्षमतानिर्माणमा सहायताप्रदान गरेर उनीहरूको क्षमता विकास गर्ने अपेक्षा गरिएको बताए । ‘आरएमडिसीले आपूmले सेवागर्न चाहेका समुदायहरू नजिकै आफ्नो सेवा लगेकोमा हामी हर्षित छौं,यस किसिमको साझेदारीले निश्चय नै नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिताको लक्ष्य पूरा गर्नमा टेवा पु¥याउँनेछ,’ पौडेलले भने ।


क्लिकमान्डु