पूर्वाधार सम्मेलनमा भाग लिन भारतीय रेल्वेमन्त्री प्रभु नेपालमा



 


काठमाडौं । नेपाल उद्योग परिसंघ आयोजक र नेपाल सरकार तथा नेपाल युवा निर्माण व्यवसायी मञ्चको सहआयोजनमा हुन लागेको नेपाल पूर्वाधार शिखर सम्मेलनमा भाग लिन भारतीय रेलमन्त्री सुरेश प्रभु नेपाल आइपुगेका छन् ।

काठमाडौंमा फागुन ८ देखि ९ गतेसम्म शिखर सम्मेलन आयोजना हुँदै छ । सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय रेलमन्त्री प्रभुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादे श्रेष्ठ र नेपालका लागि भारतीय राजदुत रणजित रे सहितका पदाधिकारीले स्वागत गरे ।

निजी क्षेत्रको अगुवाईमा आयोजित पूर्वाधार शिखर सम्मेलनको विशिष्ट अतिथि एव्म उद्घाटन सत्रको मूख्यवक्ताको रुपमा प्रभुले सम्बोधन गर्ने गर्ने छन् ।
संविधान निर्माण पछि आर्थिक समृद्धिको दिशामा विस्तारै अगाडी बढीरहेको नेपालको पूर्वाधार विकासमा गर्न भारतीय अनुभव उपयोगी हुने धारणा भारतीय रेलमन्त्री प्रभुको रहेको छ ।

भौतिक पूर्वाधारको अभावमा आर्थिक समृद्धि सम्भव नहुने विभिन्न देशको अनुभवले पुष्टी गरिसकेको सन्दर्भमा परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार शिखर सम्मेलन नेपालको पूर्वाधार विकासमा कोशेढुङ्गा साबित हुने विश्वास हुने व्यक्त गरे ।

काठमाण्डौ भ्रमणका क्रममा भारतीय रेलमन्त्री प्रभुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसका साथै तीन दिनको नेपाल भ्रमणका क्रममा प्रभुले भौतिक पूर्वाधार तथा यातयात मन्त्री रमेश लेखकका नेपाली निजी क्षेत्रका प्रतिनिधि र उद्योगी व्यवसायीहरु सँग नेपाल–भारत रेल्वे तथा सडक सञ्जाल विकास र विस्तारका विषयमा विभिन्न चरणमा अन्तरक्रिया तथा छलफलमा सहभागी हुने कार्यक्रम समेत रहेको छ ।


क्लिकमान्डु