सक्षमको सहयोगमा सानिमाले खोल्यो कालिकोटमा शाखा



कालिकोट । सानिमा बैंकले कालिकोट शाखा स्थापना गरेको छ । बैंकले यूकेएडबाट वित्त पोषित सक्षम एक्सेस टु फाइनान्सको सहायतामा कालिकोटमा शाखा कार्यालय स्थापना गरेको हो ।

शाखाको उद्घाटन सानिमा बैंकका ब्राण्ड दुत हरिवंश आचार्यले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सञ्चालक समितिका सदस्य भरत कुमार पोखरेल र सक्षमका टोली प्रमुख बलजित भोहराको पनि उपस्थिति रहेको थियो ।

कालिकोटमा लघु, कृषि र साना तथा मझौला उद्योग सम्बन्धी कर्जाको माग उच्च रहेको हुनाले यस शाखा मार्फत समाजका पिछडिएका वर्गहरूलाई सेवा पु¥याउने लक्ष्य राखेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए ।

दाहालले साना किसान, विभिन्न कृषि व्यवसायहरूका मूल्य श्रृंखलापात्रहरू (भ्यालु चेन एक्टर्स), साना आकारका उद्योग तथा उद्यमीहरू बीचको वित्तीय कडीको अभाव ग्रामीण नेपालको विकासमा एउटा प्रमुख बाधकको रूपमा रहेको बताए ।

‘यी चुनौतीहरूलाई सम्बोधन गर्नको लागि बैंकले यी समुदायहरूमा रहेका विपन्न तथा सीमान्तकृत, बैंकको सेवा नपाएका वा कमपाएकाव् यक्तिहरूको लागि उपयुक्तहुने किसिमका वित्तीय उत्पादन तथा सेवाहरूको प्रारम्भ गरेको छ,’ उनले भने ।


क्लिकमान्डु