आशाको शाखा रुपन्देही र कपिलबस्तुमा



रुपन्देही । आशा लघुवित्त वित्तीयले रुपन्देही र कपिलबस्तुमा शाखा कार्यालयको स्थापना गरेको छ ।

स्थापनागरिएको शाखाकार्यालय रुपन्देहीको तिलोत्तमा–१०, सेमरा शाखाकार्यालको उद्घाटन संचालक शंकरप्रसाद कालीकोटाले र कपिलबस्तु बाणगंगा–१३, बनगाई शाखाको उद्घाटन संचालक खगेन्द्र भट्टचनले गरेका थिए ।

आशा लघुवित्तले न्यून आय भएका तथा बिपन्नवर्गका महिलाहरुलाई व्यवसाय सञ्चाल नगर्न लघुवित्त सेवाउपलब्ध गराएको साथै सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्नको लालि संस्थाले रुपन्देही र कपिलबस्तु मा शाखा कार्यालय खोलेको संस्थाका प्रबन्धक जीवन खनालले जानकारी दिए । साथै आगमी दिनमा संस्थाको धादिङ्ग, सुनसरी तथा अन्य स्थानहरुमा पनि छिटै शाखाहरु विस्तार गर्ने योजना रहेको खनालले बताए ।


क्लिकमान्डु