टाटा मोटर्स र माइक्रोसफ्टबिच सहकार्य, कार ड्राइभिंगलाई प्रविधियुक्त बनाउने



काठमाडौं। टाटा मोटर्सले ग्राहकहरुका लागि ड्राइभिंगलाई अझ अनुभवि बनाउनका लागि माइक्रोसफ्ट इण्डियासँग सहकार्य गर्ने भएको छ ।

टाटा मोटर्सले प्रविधिलाई अगाडि बढाउन र ग्राहकहरुका लागि अधिक व्यक्तिगत अनुभव थप गर्न रणनीतिक सहकार्य गर्न लागेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

टाटा मोटर्स र माइक्रोसफ्ट इण्डियाबिचको सहकार्यबाट निर्माण हुने पहिलो गाडि यहि मार्च ७ तारिखमा आयोजना हुने जेनेभा इन्टरनेशनल मोटस सोमा प्रर्दशन गरिने उनीहरुले बताएका छन् ।

भारतमा र विश्वभरका गाडि धनीहरुलाई सुरक्षित, उत्पादकत्व र रमाइलो ड्राइभिंग अनुभव दिनका लागि इन्टरनेट अफ थिंग्स, आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निंग टेक्नोलोजीज् प्रयोग गरिने माइक्रोसफ्ट इण्डियाका प्रेसिडेन्ट अनन्त माहेश्वरीले बताए ।

टाटा मोटर्सका सिईओ गुन्टर बटसेकले नयाँ सहकार्यले कम्पनीका लागि नयाँ आम्दानीको बाटो सिर्जना गर्ने देखिएको बताए । उनले कार खरिदकर्ताहरु बढिरहेको र मुल्य अभिवृद्धि सेवाहरुको बारेमा जानकारी खोजिरहेको बताए ।


क्लिकमान्डु