राष्ट्रपतिद्वारा तीन आयुक्तलाई सपथ



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका नवनियुक्त तीन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई पद तथा गोपनीयताको सपथ गराएकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनीहरूलाई आज शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयुक्तको पदमा नियुक्त गरी सपथ गराएकी हुन् । रासस


क्लिकमान्डु