एभरेष्ट बैंकलाई आस्वा सदस्यता प्राप्त, सम्पूर्ण शाखाबाट सेवा लिन सकिने



काठमाडौं । एभरेष्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी निर्देशिका २०७३ बमोजिम आस्वा सदस्यता प्रदान गरेको छ । यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै रोक्का हुन्छ भने शेयर बाँडफाँड पश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ ।

बैंकले आस्वा सदस्यताअनुसार आफ्ना ग्राहकहरुलाई आफ्नो सम्पूर्ण शाखाहरुबाट सेवा प्रदान गर्ने छ । उक्त सेवा उपलब्ध गराएबापत बैंकले प्रति दरखास्त १०० रुपैंया मात्र शुल्क लिने बैंकले जानकारी दिएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु