नोकियाले फिचर फोन ‘नोकिया ३३१०’ फेरि ल्याउने



काठमाडौं । नोकियाका नयाँ फोनहरु आउने क्रम जारी रहेको छ । कुनै बेला चर्चित मोबाइल ब्राण्ड नोकियाले नयाँ फोनहरु सार्वजनिक गरेर बिस्तारै बजारमा फर्किने शुरु गरेको छ ।

नोकियाका फोनहरु बनाउने कम्पनी एचएमडी ग्लोबलले बार्सिलोनामा हुने एमडब्लूसी २०१७ मा विभिन्न स्मार्टफोनहरुका साथै फिचर फोन पनि सार्वजनिक गर्ने चर्चा बाहिर आएको छ । कुनै समयको चर्चित मोडल नोकिया ३३१० को नयाँ भर्सन पनि सार्वजनिक गर्न लागेको हो । यो मोबाइल फोन कम्पनीको सबैभन्दा धेरै बिक्री भएको र प्रयोगमा आएको मोडल हो ।

नोकियाले ३३१० फोनलाई पुन आधुनिकरुपमा ल्याउने हो वा होइन भन्ने अझैपनि स्पष्ट छैन त्यसको लागि मोबाइल वल्र्ड कंग्रेस २०१७ सम्म कुनैपर्ने हुन्छ ।

नोकियाले उक्त सम्मेलनमा एन सिरिजका फोनहरु नोकिया ३ तथा नोकिया ५ सार्वजनिक गर्ने अनुमान गरिएको छ, जुन एन्ड्रोयड नुगटमा आधारित बजेट स्मार्टफोन हुनेछन भने माथिल्लो तहको नोकिया सिक्स स्मार्टफोन पनि ल्याउने अनुमान गरिएको छ ।

नोकिया सिक्स स्मार्टफोन हाल चीनियाँ बजारमा मात्र उपलब्ध रहेको छ ।


क्लिकमान्डु