डोटेलीलाई धितोपत्रमा लगानी गर्न सिकायो बोर्डले



डोटी । नेपाल धितोपत्र बोर्डले डोटीमा साक्षरता कार्यक्रम गरेको छ । धितोपत्र बोर्डले पूँजीबजारको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डोटीमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा पूँजी बजार विश्वव्यापी हुँदै गएको र वित्तीय प्रणालीको अभिन्न अंगको रुपमा रहेको डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले बताए ।

‘पूँजी बजारले यस क्षेत्रमा समेत लगानीको लागि वातावरण बनाउँछ, यस क्षेत्रका जनतासमेत पूँजी बजारबारे जानकार हुन्छन् तर, लगानीकर्ताको हकहित सरक्षणमा नियमन निकायको थप सक्रियता भने आवश्यक छ,’ शर्माले भने ।

कार्यक्रमका डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले वोर्डसँग संयुक्त आयोजनामा यस्तो कार्यक्रम संचालन गर्न पाएकोमा आभार व्यक्त गर्दे धितोपत्रको कारोवार यस क्षेत्रबाट समेत गर्न सकिने व्यवस्था गर्न अनुरोध गरेका थिए ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीले काठमाडौं केन्द्रित पूँजीबजारलाई देशव्यापी वनाउन तथा यस सम्बन्धी जनचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताए ।

‘पूँजी बजारमा लगानीकर्ताहरुको पहुँच बढाउन देशव्यापी विभिन्न कार्यक्रमहरु संचालन भइरहेका छन्, यहाँको कार्यक्रम पनि यसैको शिलशिला अन्तरगतको हो, पुँजी बजारबाट धेरैभन्दा धेरै जनाले फाइदा लिन सकुन् भन्ने उद्देश्य बोर्डको छ,’ गिरीले भने ।

हालै यस्तो कार्यक्रम धनगढीको कैलाली बहुमुखी क्याम्पस र सिलगढीको डोटी बहुमुखी क्याम्पसमा पनि आयोजना गरिएको थियो ।


क्लिकमान्डु