२५ रुपैयाँमा ४ घण्टा १० मिनेट कुरा गर्न पाइने



काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डेको अवसरमा आकर्षक अफर ल्याएको छ । टेलिकमले आफ्ना प्रयोगकर्ताहरुको लागि २५ रुपैयाँमा ४  घण्टा १० मिनेट कुरा गर्न मिल्ने नाइट भ्वाइस प्याक ल्याएको हो । ग्राहकले एक पटक लिएको प्याक एक हप्तासम्म प्रयोग गर्न सक्नेछन् ।

फागुन १७ गतेसम्म लागु हुने योजना ग्राहकहरुको आवश्यकता अनुरुपम पुन लिन सक्ने टेलिकमले जानकारी दिएको छ ।

यो अफर राति १० बजेदेखि विहान ६ बजेसम्म लागु हुनेछ । प्याकेज लिनका ग्राहकले ‘भिडे’ टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ ।


क्लिकमान्डु