विकास निर्माणको लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्ने प्रस्ताव



काठमाडौं । व्यवस्थापिका संसद्को विकास समितिले पूर्वाधार विकासको लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्ने प्रस्ताव गरेको छ ।

समितिको बैठकमा सार्वजनिक निजी साझेदारी(पीपीपी) मोडलमा जान जोड दिएको छ ।

समितिको बुधवार बसेको बैठकले पूर्वाधार विकासका विशेष क्षेत्रलाई पीपीपी मोडल मा विकास विकास गर्न सकिने विषयमा छलफल भएको थियो । पीपीपी मोडल नेपालको हितमा प्रभावकारी रहेको निष्कर्ष निकाल्दै समितिले यस बारेमा थप निर्णय गर्ने निर्णय गरेको छ ।

समितिले निजी क्षेत्रसँग यस बारेमा छलफल गरेर थप निष्कर्ष निकाल्ने निर्णय गरेको हो ।


क्लिकमान्डु