काठमाडौं । । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैकिङ क्षेत्रले कम्तिमा पाँच प्रतिशत कर्जा विपन्न क्षेत्रमा प्रवाह गर्नुपर्ने नीतिगत व्यवस्था भएतापनि यस क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको बताएका छन् ।
वेमन फर चेन्ज नेपाल र कोषको संयक्तरुपमा आयोजना गरिएको गरिबी निवारण कोषको आगामी रणनीतिमा महिलाको आर्थिक क्षेत्रमा सहभागिता अभिवृद्धिसम्बन्धी कार्यशालामा बोल्दै महराले हाल गैरउत्पादनमूलक क्षेत्रमा बढी लगानी हुने गरेकाले बैकिङ क्षेत्रले ग्रामीण क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
‘अहिले पनि कर्जा प्रवाह सहर केन्द्रित छ । पछाडि परेका वर्ग, समुदाय तथा भूगोलमा कर्जा प्रवाहलाई सुदृढ गर्न कोषलयायत अन्य संस्थाहरुले आफ्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्छ,’उनले भने ।
कार्यक्रममा गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले समुदायमा आधारित लक्षित कार्यक्रमहरुमार्फत लैङ्गिक असमानतालाई कोषले सम्बोधन गरिरहेको बताए ।
प्रतिक्रिया